झापा-एनआईसी एसिया बैंकको नयाँ शाखा झापाको बिर्तामोड नगरपालिकास्थित बिर्ताबजारमा खुलेको छ। शाखाको बिर्तामोड नगरपालिका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरे।
बैंकका मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन्।
मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार २११ अर्ब नाघेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij