२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मोडल ईना सा‌ंगाछेँ (फोटो फिचर)

मोडल ईना सा‌ंगाछेँ (फोटो फिचर)

2.7K
Shares

आर्टिस्ट नेपाल मार्फत मोडलिङ्गमा पाईला चालेकी ईनाको लक्ष्य नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाईरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया ईना सा‌ंगाछेँ सानैदेखी नृत्यमा तथा बिशेषगरी चर्यानृत्यमा निकै अब्बल छिन। जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ बर्षको उमेरदेखिनै नृत्य सिकेकीहुन। कला मण्डपका नित्यगुरु मिन बज्राचार्य र नेपाल सांस्कृतिकका नित्यगुरु महेश हाडासंग चर्यानृत्यको प्रक्षिक्षण लिएकी उनले हिपहपको फेशनलाईनका सुरज लिम्बुसंग र ब्रेक तथा बिबोईङ्ग डान्स अमन कपालीसंग सिकिन। उनी हालकेही कलाकेन्द्रमा नृत्य प्रक्षिक्षककोरुपमा कार्यरत पनि छिन् ।

सिभिल ईञ्जिनियरिङ्गमा डिप्लोमा गरिरहेकी उनि आफुमा भएको अन्तर्निहित प्रतिभा देखाउन ग्ल्यामर फिल्ड प्रवेश गरेको वताईन। ५.५ फिट उचाई भएकी ईना म्युजिक भिडियो तथा चलचित्रमा आफ्नो भबिष्य खोजिरहेकी छिन। नृत्य बाहेक अभिनयमा पनि पोख्त ईनाले केहि वेब सिरिज तथा केहि म्युजिक भिडियोहरु पनि खेलिसकेकी छिन।

आर्टिस्टनेपाल स्टुडियोसमा फोटोसुटको क्रममा उनले नायिका तथा मोडलिङ अबसरको लागि प्रतिभा र क्षमतालाई आधार मानेर आउने प्रस्ताव स्वीकार्य हुने बताईन। उनी यसै फिल्डमा केही गर्ने सोचका साथ आबश्यक ट्रेनिङ लिएको र ति कुराहरुको कदर हुनुपर्ने बताईन ।

मोडल सोर्स : आर्टिस्ट नेपाल

मोडल: ईना सा‌ंगाछेँ

फोटोग्राफर: कुबेर तामांग

मेकअप – सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब)

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज, कमलादी, पुतलि सडक

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij