आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्तामा किन्न पाइने भएको छ।
सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबर्ले मोबाइल तथा ल्यापटप मेलामा यस्तो सुविधा दिने मोबाईल हबले जनाएको छ।
मंसिर २० गते सुरु हुने मेला १५ दिनसम्म चल्नेछ।
मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को सित्तैंमा अफर रहेको मोबाइल हबले जनाएको छ ।
९ हजार ९ सय ९९ देखि २ लाख ३४ हजार रुपैंयाँ सम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार, ३ लाख १५ हजार रुपैंयाँ सम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिनेछ।
मेलामा जस्तो सुकै पुरानो मोबाईलको पनि उचित मूल्य पाउनुका साथै साँट्न पनि सकिने हबको दाबी छ।
सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने, ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा ,र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ।’
श्रेष्ठका अनुसार मेलामा विशेष छुटमा ग्याजेट्स किन्न सकिनेछ। ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पाइने छ ।
मेलामा राखिएको गल्फमा ३ स्कोर गर्नेले मोबाइल किन्दा ५० प्रतिशत छुट पाउने छन् भने ४ स्कोर गर्नेले आफूले खरिद गरेको अर्को एउटा सामान सित्तैंमा पाउने श्रेष्ठले बताए।
सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एमआई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई , डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण रहने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij