२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिस वर्ल्डको फाइनल राउण्ड शृंखला खतिवडामा

मिस वर्ल्डको फाइनल राउण्ड शृंखला खतिवडामा

2.7K
Shares

श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा पुगेकी छन्। मिस नेपाल २०१८ खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।
विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच चीनको सान्या सहरमा जारी प्रतियोगितामा उनले मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्।

मेक्सिको र केन्यालाई पछि पार्दै श्रृंखलाले मल्टिमिडिया अवार्ड हात पारेकी हुन्। मिस वर्ल्डको इतिहासमा फाइनल पुग्ने उनी पहिलो नेपाली सुन्दरीसमेत हुन्। प्रतियोगिताको फाइनल डिसेम्बर ८ मा हुँदैछ।

मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या दोस्रो स्थानमा छन् ।

आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् ।

https://www.facebook.com/MissWorld/posts/10157027586174974

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij