काठमाडौं–एन आई सी एशिया बैंक लिमिटेडले नेपाल भित्र भिषाको सहकार्यमा पीओएस मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ ।
यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ । यस अवधिमा एन आई सी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास व्याक पाउने छन् ।
प्रथम कारोबारमा कारोबार रकमको २% वा बढिमा रु. १००
दोस्रो कारोबारमा कारोबार रकमको ४% वा बढिमा रु. २००
तेस्रो कारोबारमा कारोबार रकमको ६% वा बढिमा रु. ३००
चौथो कारोबारमा कारोबार रकमको ८% वा बढिमा रु. ४००
पाँचौ कारोबारमा कारोबार रकमको १०% वा बढिमा रु. ५००
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र
एक महिनामा प्रति कारोबारको आधारमा एक महिनामा प्रत्येक ५ सफल कारोबारमा मात्र
यस योजनाबाट बैंकको ४५०,००० भन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij