२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ओखलढुंगामा खुल्यो यमाहाको नयाँ शोरुम

ओखलढुंगामा खुल्यो यमाहाको नयाँ शोरुम

1.4K
Shares

ओखलढुंगा । ओखलढुंगामा यमाहाको नयाँ शोरुम सञ्चालनमा आएको छ । सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाँडामा यमाहाको शोरुम सञ्चालनमा आएको हो ।

जिल्लामा दुई पांग्रे (बाईक)सवारी साधनका ग्राहकहरु बढेसँगै शोरुम सञ्चालनमा ल्याइएको यमाहाको आधिकारिक बिक्रेता न्यु भोलेबाबा सर्भिस एण्ड सप्लायर्सले जनाएको छ ।

बिहीबार एक कार्यक्रमको अयोजना गरी जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठले शोरुमको उद्घाटन गरे ।

नयाँ शोरुममा यमाहाका विभिन्न ब्राण्डका मोटरबाईकहरु, स्पेयर पार्टसलगायतका सुविधा उपलब्ध रहेको रहेको शोरुम सञ्चालक रुद्र सुवेदीले बताए ।

मोटरसाइकल किन्न र सर्भिसिङ गर्न काठमाडौं, विराटनगर धाउनुपर्ने बाध्यता हटाउनका लागि शोरुम सञ्चालनमा ल्याइएको सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij