२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिन्द्राको डिजल जेनेरेटर बजारमा

महिन्द्राको डिजल जेनेरेटर बजारमा

1.9K
Shares

काठमाडौं – महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा पावरले विभिन्न रेन्जका डिजेल जेनेरेटर बजारमा ल्याएको छ ।

कम्पनीले ५ के.भि.ए, २५० के.भि.ए र ३२० के.भि.ए का डिजल जेनेरेटर बजारमा ल्याएको हो। कम्पनीले २५० देखि ३२० केभिए सम्मका जेनेरेटरहरुमा महिन्द्राका एमपावर सिरीज इन्जिन लगाइएको जनाएको छ।

कम्पनीले ल्याएका जेनेरेटरमा इन्धन किफायती एवम् उचित मूल्यलगायतका विशेषता रहेका छन् । जेनेरेटर सहजै एक स्थानबाट अर्को स्थानमा लैजान सकिने कम्पनीको भनाइ छ । यसमा प्रयोग भएको इन्जिनले वातावरण प्रदुषण हुनबाट समेत जोगाउँने कम्पनीको दाबी छ ।

महिन्द्रा पावरका डिजेल जेनेरेटर नेपालभरका कम्पनीका आधिकारिक सञ्जालमार्फत खरीद गर्न सकिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij