२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बजाजले ल्यायो पल्सर १५० नियोन

बजाजले ल्यायो पल्सर १५० नियोन

1.7K
Shares

बजाजले भारतमा नयाँ पल्सर १५० नियोन बाइक लन्च गरेको छ । यसको मूल्य एक्स सोरुम दिल्लीमा ६४ हजार ९९८ भारु तोकिएको छ ।

बजारमा हाल प्रचलित पल्सर १५० क्लासिकलाई नयाँ कलर अप्सनमा उपलब्ध गराएर यसको नाम नियोन राखिएको हो । सो बाइक नियोन रेड, नियोन एल्लो र नियोन सिल्भर गरी तीन सेडमा उपलब्ध छ ।

सबै भेरिएन्टका बाइकको हेडल्याम्प ब्रोज, ब्याज, साइड प्यानल मेस र ग्रयाब रेलमा नियोन हाइलाइट राखिएको छ । नियोन एल्लो एडिसनमा भने पहिलो पटक म्याट सेड राखिएको छ ।

कलर वाहेक १५० सीसीको सो मोटरसाइकमा कुनै कस्मेटिक परिवर्तन भने गरिएको छैन । बाइकमा १४९ सीसी, एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ, जसले १४ एचपी पावर र १३.४ एनएम टर्क प्रदान गर्छ ।

यसको अघिल्लो पांग्रामा डिस्क र पछिल्लोमा ड्रम ब्रेक छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij