२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिहिबारदेखि आइतबारसम्म उपत्यकामा जोर विजोर नम्बर प्रणाली लागू

बिहिबारदेखि आइतबारसम्म उपत्यकामा जोर विजोर नम्बर प्रणाली लागू

1.3K
Shares

काठमाडौं-महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर (१,३,५,७,९) भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबा र मंसिर १६ गते आइतबार जोर (०,२,४,६,८) अंक भएका गाडी मात्रै चल्न पाउनेछन्।

यसअघि गत भदौमा भएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका क्रममा तीन दिन जोर बिजोर प्रणाली लागु गरिएको थियो।

तीन देशका राष्ट्रपतिसहित ४५ देशका ५६७ जना पाहुना आउने भएपछि उनीहरूको आवतजावतलाई सहज बनाउन ट्राफिक प्रहरीले नागरिकका सवारीमा जोरबिजोर प्रणाली लागु गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij