२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सात दिनमा वाइडबडी खरिदबारे राय दिन लेखा समितिको निर्देशन

सात दिनमा वाइडबडी खरिदबारे राय दिन लेखा समितिको निर्देशन

1.7K
Shares

काठमाडौं– संघीय संसदको सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन अनुसार भएनभएको रायसहित ठोस प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा सोधपुछ गर्न सार्वजनिक खरिद कार्यालयका सचिव मधु रेग्मीलाई बोलाएको थियो ।

बैठकले समितिलाई रायसहितको प्रतिवेदन पेश गर्न सात दिनको समसीमासहितको निर्देशन दिएको हो ।

बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुप्रसाद रेग्मीले वाइडबडी खरिदबारे मिडियामा आएको बाहेक कार्यलयलाई केही जानकारी नभएको बताए ।

उनले समितिले दिएको निर्देशनका आधारमा छानविन गर्न सक्ने भन्दै छानविनपछि मात्रै विमान खरिद प्रकरणबारे भन्न सक्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij