२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन्राइज बैंक र अपोलो हस्पिटलबीच सम्झौता

सन्राइज बैंक र अपोलो हस्पिटलबीच सम्झौता

1.4K
Shares

काठमाडौं– सन्राइज बैंकका ग्राहकले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलको सेवामा छुट पाउने भएका छन् । छुटसम्बन्धी सम्झौतापत्रमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हस्पिटलका प्रमुख अन्तर्राष्ट्रिय बजार प्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरे । सम्झौताअनुसार सन्राइज बैंकको डेबिट तथा क्रेडिटकार्ड भएका ग्राहकले उक्त हस्पिटलका विभिन्न सेवा सुविधाहरूमा अधिकतम१० प्रतिशतसम्म छुट प्राप्तगर्न सक्नेछन् ।
ग्राहकले साधारण परीक्षणदेखि भर्ना खर्चसम्ममा १० प्रतिशत छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्टमेन्टहरूको समन्वय, विमानस्थलमा ल्याउने–पुर्‍याउनेलगायत अन्य सेवा तथा सुविधामा पनि विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij