काठमाडौं – चालू आर्थिक वर्षको ४ महिनामा ३ सय ४१ महिला मापसे कार्वाहीमा परेका छन् । आव २०७४/७५ मा ३ सय २६ महिला मापसे कार्वाहीमा परेका थिए । तर आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आर्थिक वर्षको ४ महिनामानै मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्या बढेको छ ।
उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । महिलामा मापसे गरी सवारीसाधन चलाए पनि प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता रहेको प्रहरी कार्यालयले जनाएको छ ।
आव २०७४/७५ मा ३ हजार २ सय ५२ महिलाले लेन अनुशासनतर्फ चेतनामूलक कक्षा लिएका थिए । चालू आवको चार महिनामा ७ सय ५२ महिललाले सो कक्षा लिएका छन् । आव ०७४/७५ मा सवारी दुर्घटना गराउने २० महिलाले कक्षा लिएका थिए तर चालू आवको ४ महिनामा २ जनाले मात्रै सो कक्षा लिएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij