काठमाडौं- सामसुङको आधिकारिक सेवा केन्द्र अब भक्तपुर मोबाइल कम्प्लेक्स सुर्यविनायकमा संचालनमा आएको छ। योसहत देशभर १५ वटा सेवा केन्द्रहरु पुगेका छन्।आइएमएस केयरले १५ औं सेवा केन्द्रका रुपमा यसलाई संचालनमा ल्याएको हो। केन्द्रको आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा, सामसुङ इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक युबियम वोन र जुङ्सिक (बबि) योले उद्घाटन गरे।कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत दिकेश मल्होत्राले सेवा केन्द्रको विस्तार गर्दै सामसुङ स्मार्ट फोनका ग्राहकलाई बिक्री पछिको सेवा सहज रुपमा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij