२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

५७ लाख ९० हजार सम्मका एमभी अगस्टा बाइक नेपालमा

५७ लाख ९० हजार सम्मका एमभी अगस्टा बाइक नेपालमा

1.3K
Shares

 

काठमाडौं – विश्वमै महंगो ब्रान्डको रुपमा परिचित एमभी अगस्टाका बाइक नेपालमा पनि उपलब्ध छन् । नेपाली बजारमा ५७ लाख ९० हजार सम्मका एमभी अगस्टाका बाइक उपलब्ध छन् ।

हालै नेपाली बजारका लागि आधिकारिक वितरक बनेको भेलोसिटी प्रालिले लाजिम्पाटमा सोरुम स्थापना गरी एमभी अगस्टाका बाइक उपलब्ध गराउने योजना बनाएको छ ।

डुकाटीका ५ मोडलका बाइक उपलब्ध भएको कम्पनी स्रोतले जानकारी दिएको छ । ती मध्ये सबैभन्दा महंगो बाइक ९९८ सीसीको F4 Blanco र F4 Rosso हो । यसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी सबैभन्दा सस्तो बाइक F3 675 हो र यसको मूल्य ४१ लाख ९० हजार रुपैयाँ छ । त्यसैगरी Brutalle 800RR को मूल्य ४३ लाख ९० हजार र Dragstar RR को मूल्य ४६ लाख ९० हजार रुपैयाँ छ ।

पहिले आधिकारिक वितरकको रुपमा अर्कै कम्पनीले कार्य गरिरहेकोमा हालै भेलोसिटी प्रालिले एमभी अगस्टाका बाइक उपलब्ध गराउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij