काठमाडौं – कनम्याक २०१८ मा केश कन्ट्रक्सनको ३० मेसिन बुकिङ भएका छन् । कनम्याकमा ब्राजिलमा उत्पादित केश मोटर ग्रेडर मुख्य आर्कषणको रुपमा रहेको थियो ।
कनम्याकको मुख्य गेटमै रहेको स्टलमा कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर प्रर्दशनीमा राखेको थियो । भारतको मध्य प्रदेशको पितम्पुरमा उत्पादित केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलर र ४५० डि एक्स मिनि रोलरको प्रर्दशनी गरिएको थियो ।
उक्त प्रर्दशनीमा मेसिन खरिद गर्ने ग्राहकको लागि उपहारको व्यवस्था गरिएको थियो । केश मोटर ग्रेडर खरिदमा ब्राजिल भ्रमण, केश ब्याक्हो लोडर ८५१ इक्स प्रो, ७५२ टेन्डम रोलर, ११०७ इक्स डि भाइबे्रसन रोलरमा टिभिएस अपाचे बाइक सितैमा र ४५० डि एक्स मिनि रोलरमा थाइल्याण्डको भ्रमण रहेको थियो ।
भारतको कन्फर्डेशन अफ इण्डिया इन्डष्ट्री (सीआईआई) ले नेपालमा पहिलो पटक कनम्याक २०१८ भक्तपुरको खुल्ला चौरमा गरेको थियो । उक्त कनम्याकमा १५० स्टलहरु रहेका थिए । ३ दिन सञ्चालित सो कनम्याक २०१८ को करिव १ हजार दर्शकले अवलोकन गरेका थिए ।
शंकर गु्रप अन्तर्गतको जगदम्बा कन्ट्रक्सन एण्ड सोलुसनले विगत १० वर्षदेखि नेपालको १४ भन्दाबढी स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले मोटर ग्रेडर, कम्प्याक्टर, ब्याक्हो लोडर, स्किड स्टिर लगायतको हेवी इक्युप्मेन्टको बिक्री वितरण, सर्भिस, स्पेयर पार्टस तथा बिक्रीपछिका सम्पूर्ण सेवा र मर्मत सम्भार गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij