२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रोयल इनफिल्डको रियुनियन हुने, ११३ भन्दा बढी राइडर भेला हुने

रोयल इनफिल्डको रियुनियन हुने, ११३ भन्दा बढी राइडर भेला हुने

1.3K
Shares

काठमाडौं – रोयल इन्फिल्ड बाइक राइडरहरु एकै स्थानमा भेला भएर गरिने ‘रियुनियन’ यस पटक पनि हुने भएको छ ।

चितवनको कुरिनटारस्थित रिभरसाइड स्प्रिङ रिसोर्टमा हुने रियुनियन आगामी डिसेम्बर ७ देखि ९ अर्थात मंसिर २१ देखि २३ गते सम्म हुनेछ ।

सो रियुनियनका लागि हाल रजिष्ट्रेसन प्रक्रिया चलिरहेको छ । यसमा नेपाल, भारत तथा अन्य मुलुकका रोयल इनफिल्ड राइडरहरुले सहभागिता जनाउनको लागि नाम दर्ता गरिरहेको कम्पनीले जानकारी दिएको छ ।

नेपालका १ सय १३ राइडरहरु यसमा सहभागी हुने छन् भने अन्य देशका राइडरहरु आवश्यकता अनुसारको संख्यामा सहभागी हुने छन् ।

उक्त अवसरमा विभिन्न गेम, सास्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुनेछ.। यस अन्तर्गत स्लो रेस, आर्म रेस्लिङ, फिगर इट आउट, बियर ड्रिंकिङ, एसेम्बली वार र क्यारी योर बाइक जस्ता प्रतियोगिता आयोजना हुने छन् ।

रियुनियनको मुख्य उद्देश्य राइडरहरुको बीचमा भेटघाट, भातृत्व विकास, भाइचारा समन्वय, अन्तरिक तथा बाह्य पर्यटनको प्रवद्धन गर्नु रहेको बताइएको छ ।

नेपालमा दोस्रो पटक यस प्रकारको रियुनियन हुन लागेको हो । यो भन्दा पहिले गत वर्ष नेपालमै पहिलो पटक यस प्रकारको रियुनियन भएको थियो ।

रोयल इनफिल्डले रियुनियन सम्मेलन धेरै वर्ष देखि भारतमा गरिरहेको थियो । नेपालमा रोयल इन्फिल्ड बाइकको आधिकारिक वितरक विवेक अटोमोबाइल्स प्रालिको विशेष पहलमा नेपालमा यो कार्यक्रम हुन लागेको हो ।

नेपालमा विवेक अटोमोबाइल्सले विगत १७ वर्ष देखि १९ वटा शाखा तथा डिलर मार्फत बिक्री एवं बिक्री पछिका सेवाहरु प्रदान गरिरहेको छ ।

रोयल इनफिल्ड विश्वका पुराना बाइक निर्माता कम्पनी मध्ये एक हो । यो कम्पनीले स्थापना कालदेखि निरन्तर रुपमा आफ्ना उत्पादनहरु ग्राहक सामु पु¥याएको छ ।

मोटरसाइकल बजारमा यसको बेग्लै पहिचान रहेको छ । मोटरसाइकल युनिक तथा क्लासिक रहेको तथा यसको आवाजका कारण सवैको मन जित्न सफल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij