काठमाडौं – आज मंगलबारबाट पोखरा-घलेगाउँ जीप सेवा सञ्चालन हुने भएको छ । सो जीप सेवाको आज दिउसो १ बजे शुभारम्भ हुने भएको छ ।
पोखराबाट ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म सिधा पर्यटक जीप सञ्चालन हुने भएको हो । सो जीप सेवाबाट घलेगाउँ र पोखरा आवत जावत गर्ने पर्यटकलाई सजिलो हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जीप सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij