वार्षिकोत्सवको दिन विहान पशुपति क्षेत्रकोे पार्किङ क्षेत्रमा बृक्षारोपण गरिएको बैंकले जनाएको छ। त्यहाँ ३०० वटा बिरुवा रोपेको र ५ वर्षसम्म मलजल र संरक्षणको सम्मको सम्पूर्ण जिम्मेवारी वहन गन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
बैंकले शिक्षा, स्वास्थ्य, पर्यावरण र साँस्कृतिक सम्पदाको संरक्षण एवं संवद्र्धनलाई प्राथमिकतामा राखेको दावी गरेको छ।बैंकले प्रधान कार्यालय तथा देशका प्रमुख शहरहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो।
चालु आर्थिक वर्षको प्रथम चौमासमा १८ करोड पचास लाख रुपैयाँ कमाउन सफल भएको बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij