२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माग पूरा नभए फेरि अनसन बस्ने डाक्टर केसीको चेतावनी

माग पूरा नभए फेरि अनसन बस्ने डाक्टर केसीको चेतावनी

1.6K
Shares

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले माग पूरा नभए पुस २ गतेपछि फेरि अनसन बस्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डाक्टर केसी १५ ‍औं पटक अनसन बसिसकेका छन्।
केहीदिन अघिमात्र अस्पतालबाट डिस्चार्ज भएका डाक्टर केसीले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत् आफ्नो माग पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका हुन्।‘सरकारले विगतका सम्झौता कार्यान्वयन गर्नको सट्टा झन् झन् भ्रष्टाचार र अकर्मण्यतामा भासिंँदै गएकाले निम्न मागहरू पूरा गर्न ध्यानाकर्षण गराउँछौं। आगामी पुस २ गतेसम्म यी मागहरू पूरा नभएमा सत्याग्रहसमेतको आन्दोलन सुरू गर्ने जानकारी गराउन चाहन्छौं,’ उनले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘साथै चिकित्सा शिक्षा विधेयक अघि बढाउने प्रक्रियामा विगतमा भएको सम्झौता उल्लंघन गर्ने गरी कुनै चलखेल भएमा कुनै पनि बेला त्यस्तो कार्यक्रम सुरू गर्ने जानकारी गराउन चाहन्छौं।’

यी हुन् मागहरू

१, १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस् ।

क) सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।

ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि।वि। पदाधिकारी लगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरू पुनः सो संस्थान मै फिर्ता गरियोस् ।

ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघ बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरू गर्ने व्यवस्था गरियोस्।

२, निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण लोप गर्ने, झूटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्।

३, नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij