काठमाडौं– भक्तपुरमा देशको सबैभन्दा ठूलो पूर्वाधार प्रदर्शनी ‘सिआईआई कन्म्याक प्रदर्शनी २०१८’ शुरु भएको छ ।
सल्हाघारी ओपन ग्राउण्ड, भक्तपुरमा २२ देखि शुरु भएको प्रदर्शनी २४ नोभेम्वर २०१८ सम्म आयोजित हुनेछ । तीन दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकले १५ हजार वर्गफिट क्षेत्रफलमा प्रदर्शनीको आयोजना गरेको आयोेजकले जनाएको छ।
भक्तपुरको सल्लाघारी मैदानमा शुरु भएको ‘सिआईआई कन्म्याक प्रदर्शनी २०१८’ को उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले गरे। कार्यक्रममा बोल्दै मन्त्री महासेठले देशको विकासका लागि पूर्वाधार विकास पहिलो प्राथमिकता भएको र यसकालागि नयाँ निर्माण प्रविधिको आवश्यकता पर्ने बताए।
मन्त्री महासेठले अबको करिव चार वर्षमा मुलुकको पूर्वाधार विकासमा कायापलट ल्याउने दावी गरे। समृद्ध ‘नेपाल–खुशी नेपाली’ भन्ने नारालाई साकार पार्न सरकार यो अभियानमा लागेको उनले बताएका हुन् ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवम् सांसद महेश बस्नेतले नेपालमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल निर्माणकालगि भक्तपुर क्षेत्रमा २ सय रोपनी जग्गा उपलब्घ गराउन आफू तयार रहेको बताए ।
‘कन्म्याक नेपाल २०१८’का अध्यक्ष अरविन्दके गर्गले नेपाल भारतबीच प्रगाढ आर्थिक एवं साँस्कृतिक सम्वन्ध रहेको उल्लेख गर्दै नेपालको उन्नति र प्रगतिमा भारतीय ब्यवसायीको साथ र सहयोग निरन्तर हुने प्रतिवद्धता जनाए।
समृद्ध नेपालको निर्माणकालागि यहाँ पुर्वाधार विकासका लागि सडक, पुल, विद्युत जस्ता क्षेत्रमा बिशेष ध्यान दिन जरुरी रहेको धारणो राखे ।भारतीय उद्योग संघ (सीआईआई) को अयोजनामा नेपालको सबै भन्दा ठूलो निर्माण उपकरण प्रदर्शनी ‘सीआईओ कन्म्याक २०१८’ को आयोजना भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij