२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डडेलधुरा बस दुर्घटनामा मृतकको संख्या १८ पुग्यो

डडेलधुरा बस दुर्घटनामा मृतकको संख्या १८ पुग्यो

1.3K
Shares

डडेल्धुरा– बिहिबार साँझ डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको बस दुर्घटनामा परेको हो ।
डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको थियो ।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु भएका १८ जना मध्ये हालसम्म १० जनाको सनाखत भएको छ भने ८ जनाको सनाखत हुन बाँकी रहेको छ ।

मृतकको सूची

१। चक्र धामी, वर्ष २२, डडेलधुरा

२। माया रावल, वर्ष १८, डडेलधुरा

३। शशी विक, वर्ष खुलेको छैन, डोटी

४। माया भाट, वर्ष २५, डोटी

५। कैलाश रावल, वर्ष ४०, डोटी

६। योगेन्द्र रावल, वर्ष ४०, डोटी

७। रोहित बलायर, वर्ष १६, डोटी

८। पुरण कठायत, वर्ष २३, कैलाली

९। तिलक खाती, वर्ष २०, कैलाली

१०। टेक धामी, वर्ष खुलेको छैन, कैलाली

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij