२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिगण्डकीमा जल यातायात पुन: सुचारु

कालिगण्डकीमा जल यातायात पुन: सुचारु

1.9K
Shares

काठमाडौं – कालिगण्डकीमा जल यातायात (स्टिमर सेवा) पुन: सुचारु भएको छ । गुल्मी, स्याङ्जा, पर्वतको सिमानामा पर्ने कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा जल यातायात सेवा सञ्चालन हुँदै आएको थियो ।

वर्षातमा नदीको बहाव बढेसँगै जोखिमको डरले बन्द भएको उक्त सेवा पुन सञ्चालनमा आएको छ । यातायात सेवा सुचारु भएपछि गुल्मी, स्याङ्जा, पर्वतका बासिन्दा यातायातको सुविधाबाट लाभान्वित बनेका छन् ।

यस क्षेत्रमा २०५६ देखि जलयातायात सेवा सञ्चालन भएको थियो । सेतीबेणीदेखि मिर्मिसम्म ७ किलोमिटरको दुरीमा जल यातायात सञ्चालन भएको छ । जल यातायात मार्फत दैनिक ११ स्टिमरबाट यात्रुहरु आवतजावत गर्ने गर्दछन् । व्यावसायिक रुपमै कालिगण्डकी जल यातायात र शालिग्राम जल यातायत मार्फत स्टिमर सञ्चालनमा आएको छ ।

यो यातायात सञ्चालनमा आएपछि यहाँ ४ घण्टा पैदल हिड्नु पर्ने वाटो आधा घण्टामा छोटिएको छ । यो स्टिमर सेवामा त्यहाका स्थानिय ३० जना भन्दा वढिले प्रत्यक्ष र सयौंले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यो सेवामा एकपटकमा १५० जना सम्म यात्रु ओहोरोदोहोरो गर्न मिल्छ । स्थानियले वर्खाको तुलनामा हिउदमा यात्रु वढ्ने गरेको वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij