बुटवल– काठमाडौका लागि दाङबाट छुटेको बस नवलपरासीमा दुर्घटना भएको छ ।
राप्ती यातायातको ना ६ ख ६३०१ नम्वरको बस नवलपरासीको पुरानो कावासोतीस्थित सडकमै पल्टिदा १६ जना यात्रू घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अबस्था गम्भीर छ ।
गम्भीर घाईतेलाई भरतपुर अस्पतालमा पठाईएको र अन्यको स्थानीय कालिका मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij