अर्थ नेपाल काठमाडौं– मनकामना केवलकार दर्शन प्रालिले आफ्नो क्षमता विस्तार गरेको छ । ३ किलोमिटर दुरीमा सञ्चालित उक्त केवलकारमा डिब्बा थप गरेर पूर्ण क्षमतामा सञ्चालन गरिएको हो।
सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उक्त केवलकारमा थपिएका ३ वटा डिब्बाको उद्घाटन गरेका हुन।
२०५५ सालमा स्थापना भएको उक्त केवलकारमा अबदेखि यात्रु बोक्ने ३४ डिब्बा पुगेका छन्। यसअिघ ३१ डिब्बामात्र रहेको केवलकारमा सोमबारदेखि ३ वटा थपिएका छन्। थप गरिएका डिब्बासँगै दैनिक १ हजार थप यात्रुलाई सेवा दिन सकिने मनकामना केवलकारका अध्यक्ष राजेशबाबुस श्रेष्ठले जानकारी दिए।
दिनमा ८ घण्टा चल्ने केवलकारले अब प्रतिघण्टा ८ सय यात्रुलाई सेवा दिनसक्ने छ। दिनमा अधिकतम ७ हजारसम्म यात्रुलाई सेवा दिन सकिने लक्ष्यसहित क्षमता विस्तार गरिएको कम्पनिले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij