अर्थ नेपाल काठमाडौं /सोमबार टोखा नगरपालिकाका दुई पानी प्रशोधन उद्योगमा सरकारी अनुगमन टोलीले शिलबन्दी गरेको छ।
मराएन वेभरेजको ओ मिजु पानी र मणी खानेपानीको गोसाइकुण्ड पानीमा शिलबन्दी लगाइएको हो।
उद्योग सरकारी मापदण्ड अनुरूप नरहेको, फोहोर जार प्रयोग गरिएको र फोहोर व्यवस्थापन नगरेको लगायतका कारण ति उद्योगलाई शिलबन्दी गरिएको खाद्य तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
अर्को आदेश नभएसम्म ती उद्योगहरूको बिक्रीमा रोक लगाईएको छ। उनीहरूलाई ७ दिन भित्रमा आवश्यक कागजात सहित विभागमा आउन निर्देशन दिइएको छ।
खाद्य तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन अधिकृत र उपभोक्ताकर्मीको संयुक्त रूपमा गएको अनुगमन टोलीले २ पानी उद्योगमा अनु्गमन गरेकोमा २ वटै पानी उद्योगको पानी खान अयोग्य भेटिएको विभागले जनाएको छ।
टोखा नगरपालीकामा गत विहिबार खाद्य तथा गुण नियन्त्रण विभाग र कृषि मन्त्रालयले संयुक्त रूपमा गरेको अनुगमनमनमा ३ पानी उद्योगमा शिलबन्दी गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij