२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार

2.2K
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । यसैगरी स्वास्थ्यमा सुधार आइराख्यो भने एक–दुई दिनमा डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री उपचाररत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले जारी गरेको विज्ञप्तिअनुसार रगतको परीक्षण र छातिको एक्सरेको रिपोर्ट सकारात्मक आएको छ ।
सेन्टरका प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले भने, ‘उहाँले आज ब्रेकफास्ट पनि लिनु भएको छ । दाह्री पनि काटेर बस्नु भएको छ ।’
स्वासप्रश्वासमा समस्या भएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij