अर्थ नेपाल काठमाडौं/अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था(आइकाओ)ले एसिया प्यासेफिक क्षेत्रको सम्मेलन अर्को वर्ष नेपालमा आयोजना गर्ने भएको छ। आइकाओले प्रत्येक वर्ष सदस्य राष्ट्रका नागरिक उड्डयन नियमक संस्थाका प्रमुखहरु सम्मिलित सम्मेलन आयोजना गर्छ। यो वर्ष फिजीमा भएको सम्मेलन अर्को वर्ष नेपालमा हुने नेपाल नागरिक उड्डय प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए।
हवाई उद्योगको सुरक्षा, नेभिगेसन, उडान, पूर्वाधार तथा आधुनिकीकरणका विषयमा छलफल हुने यस्तो सम्मेलनमा विश्वभरबाट ३ सय बढी सहभागी हुने छन्।
उक्त सम्मेलन नेपालले आयोजना गर्दा अन्तर्राष्ट्रिय समुदायमा नेपालको एक्सपोजर बढ्ने गौतमले बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij