एनआईसी एसिया बैंकको नयाँ शाखा खाँदबारी नगरपालिकास्थित मानेञ्ज्याङ्गमा संचालनमा आएको छ। उक्त शाखाको राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरे।
सो अवसरमा उनले सबै स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा खोल्ने अभियानमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै एनआईसी एशिया बैंकको प्रशंसा गरे।
समुद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर २६४ शाखा कार्यालयहरु संचालनमा आएको बताए।
२६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले सेवा प्रदान गर्दै आएको छ।
वासलातको आकार १९९ अर्ब भन्दा बढी तथा कुल निक्षेप करिब १६७ अर्ब र कर्जा १३८ अर्ब पुगेको बैंकले जनाएको छ। निक्षेप तथा कर्जाका आधारमा निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये यो नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा रहन सफल भएको छ।
बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij