सिभिल बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे।
अब यूनियनका ग्राहकले बिना झन्झट सिभिल बैंकका ६९ शाखाहरु मार्फत सेवा पाउने बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
सिभिल बैंकले यस अघि पनि जीवन बीमा कम्पनीहरु मेटलाइफ, एल.आई.सी. नेपाल र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स तथा अन्य निर्जीवन कम्पनीहरुसँग सम्झौता गरी सेवा दिँदै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij