२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

टाटा टियागो र टिगोर जेटीपी लन्च, टाटाको पहिलो पर्फमेन्स कार

टाटा टियागो र टिगोर जेटीपी लन्च, टाटाको पहिलो पर्फमेन्स कार

2.8K
Shares

टाटा मोटर्सले भारतमा टियागो जेटीपी र टिगोर जेटीपी कार लन्च गरेको छ । टाटा मोटर्सको हाल सम्मकै सर्बाधिक पर्फमेन्सयुक्त मानिने यी दुई कारको मूल्य समेत सार्वजनिक भएको छ ।

टियागो जेटीपीको मूल्य ६ लाख ३९ हजार र टिगोर जेटीपीको मूल्य ७ लाख ४९ हजार भारु तोकिएको छ ।

टाटा मोटर्सले जयेम अटोमोटिभसँग मिलेर यसको उत्पादन गरेकाले यसलाई जेटीपी भनिएको हो । जेटीपीको पूर्ण रुप जयेम टाटा पर्फमेन्स हो ।

टाटा मोटर्सका यी दुई कार स्ट्यान्डर्ड भर्सन भन्दा पावरफुल हुनुका साथै तीव्र गति चाहने युवाहरुलाई ध्यानमा राखेर निर्माण गरिएको छ । त्यसैगरी यी कारको डिजाइनमा पनि केही परिवर्तन गरिएको छ ।

भारतमा गत फेब्रुअरी महिनामा सम्पन्न दिल्ली अटो एक्सपोमै टाटा मोटर्सले टियागो र टिगोरको तेज भर्सन ल्याउने घोषणा गरेको थियो । सो अवसरमा यी कारको कन्सेप्ट पनि सार्वजनिक गरिएको थियो । यी कार निर्माणका लागि टाटाले जयेम अटोमोटिभ्ससँग साझेदारी रुपमा कार्य गरेको छ ।

टाटा टिगोर जेटीपी र टियागो जेटीपीमा १.२ लिटर टर्बोचाज्र्ड रिभोट्रोन पेट्रोल इन्जिन छ, जसले ११४ पीएस पावर र १५० एनएम टर्क प्रदान गर्छ ।

इन्जिनको पर्फमेन्स बढाउनका लागि यसमा इन्टेक एक्जस्ट सिष्टम उपलब्ध गराइएको छ । यसमा स्ट्यान्डर्ड रिभाइज्ड ५–स्पिड म्यानुअल गियरबक्स जडान गरिएको छ ।

दुवै कारमा स्ट्यान्डर्ड सिटी र स्पोर्ट ड्राइभ मोड उपलब्ध छ । यी कारले १० सेकेन्डर्म शून्यदेखि १०० किलोमिटर सम्मको स्पिड लिन सक्छन् ।

दुवै कारको एक्सटेरियरमा भेन्टेड बोनट, साइड स्कर्ट्स र नयाँ एलोई ह्विल डिजाइनका साथ रुफका लागि कन्ट्रास्ट कलर छ । टियागो जेटीपीमा ह्याच लिड स्पोइलर र टिगोर जेटीपीमा बुट लिड स्पोइलर छ ।

सुरक्षाका लागि एबीएस, ईबीडी र ट्विन एयरब्याग जस्ता फिचर उपलब्ध छन् ।

दुवै कारमा कन्ट्रास्ट रेडका साथै अल ब्ल्याक इन्टेरियर छ । त्यसैगरी आल्मुनियम पेडलका साथ नयाँ सिट फेब्रिक छ ।

त्यसैगरी भ्वाइस कमान्डका साथ नेभिगेसन असिष्ट सुविधा भएको ८ स्पिकरयुक्त इन्फोटेनमेन्ट सिष्टम उपलब्ध छ ।

कारको पर्फमेन्स बढाउनका लागि दुवै कारमा लोअर राइड हाइट, स्टिफर सस्पेन्सन र इलेक्ट्रिक पावर स्टेयरिङका लागि फराकिलो टायर उपलब्ध गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij