२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवनमा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प

चितवनमा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प

2.1K
Shares

 

चितवन/हकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन हुने भएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा पम्प सञ्चालनमा आउन लागेको हो । यस पम्पमा जिल्लाका २६७ वटा सहकारीको लगानी रहेको छ ।
एउटा सहकारीले २५ हजारदेखि पाँच लाख रुपैयाँसम्म शेयर लगानी गरेका छन् । सङ्घको आफ्नै जग्गामा पम्प खोलिएको हो । पम्प निर्माण समितिका संयोजक भक्तिराम अधिकारीका अनुसार पम्प निर्माणका लागि करीब पाँच करोड लगानी गरिएको छ ।
पम्पमा अपाङ्गमैत्री शौचालय, चमेनागृह, किराना पसल लगायतको सुविधा रहेको छ । अधिकारीका अनुसार एकै पटकमा आठ वटा सवारी साधनले इन्धन भर्न पाउने छन् । चार डिजल र चार पेट्रोलका सवारीले इन्धन भर्न पाउने उनले बताए ।
सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको छ ।
एक लाख चार हजार लिटर क्षमताका ट्याङ्की रहेका छन् । जसमध्ये ६० हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल क्षमता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij