काठमाडौं /उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय जिल्ला प्रशासन कार्यालय काठमाडौँले परिवर्तन गरेको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको छ ।
यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र काठमाडौँ उपत्यकामा टिपर सञ्चालन हुँदै आएको थियो । जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij