अर्थ नेपाल काठमाडौं /सानिमा बैंकले सुरक्षित भिसा कार्ड अनलाइन पेमेन्टको सेवा सुरु गरेको छ।
यस सेवाबाट ग्राहकले सानिमा बैंकका सबै भिसा डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी सुरक्षित अनलाइन कारोबार गर्न सक्ने छन्।
सेवाका लागि ग्राहकले बैंकको वेबसाइटमा गइ भिसा कार्डको आवश्यक जानकारी गराई सुचारु गर्न सक्नेछन्।
सहज रुपमा होटल बुकिङ गर्न, एयरलाइन्स टिकट लिन तथा सपिङको भुक्तानी गर्न सक्नेछन् ।
साथै ग्राहकले यस सेवामार्फत यती एयरलाइन्सको अनलाइन टिकट खरिद गरेवापत २ प्रतिशत क्यास ब्याक पाउने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij