अर्थ नेपाल काठमाडौं/वेस्टर्न युनियन मनी ट्रान्सफरले नेपालीहरुको महान चाड बिजया दशमी, शुभ दीपावली तथा छठको पावन अवसरमा ग्राहकहरु माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ । खुसको पर्व योजना यहि ७ असोज देखि कात्तिक मसान्तसम्म लागु हुनेछ ।
खुसीको पर्व योजना अन्तर्गत आम नेपालीका आफन्तले बिदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरुप रकमनै प्राप्त गर्नेछन् ।
यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सात वटा मुख्य एजेन्टहरु अन्नपूर्ण ट्राभल, सीजीफिन्को, हुलास रेमीट, माया रेमिट, नबिल बैक, डिजीटेक रेमिट्यान्स, सूर्य रेमिट र तिनका नेपालभरका सब एजेन्ट मार्फत रकम प्राप्त गर्नु पर्नेछ ।
यस योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक १५हजार जित्नेछन् र साथै यो योजनाको अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप ५ लाख जित्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij