२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपालमा ओप्पो एफ नाइन स्टारी पर्पल आउँदै

नेपालमा ओप्पो एफ नाइन स्टारी पर्पल आउँदै

2.5K
Shares

 

अर्थ नेपाल काठमाडौं/स्मार्टफोन ब्रान्ड ओप्पोको नयाँ मोडलको फोन नेपाली बजारमा आउने भएको छ। कम्पनीले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिकगर्ने घोषणा गरेको छ । पछिल्लो महिना ओपो एफनाइनलाई सनराइज रेड र ट्वाइलाइट ब्ल्यू सार्वजनिक गरेकोमा अक्टोबर पहिलो साताभित्रै स्टारी पर्पल रंगमाफोन सार्वजनिकगर्ने घोषणा गरेको हो ।
सार्वजनिकको तयारीमा रहेको फोनका बारेमा बोल्दै नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने, ‘उपभोक्ताकाआवश्यकता र चाहनाहाम्रालागिओपोमा सदैव प्राथमिकताको विषय हो । ओपो एफनाइन सार्वजनिक समारोहमाएफनाइन स्टारी पर्पलको घोषणा गरेदेखि नै फोन चर्चाको विषयका रुपमा रहँदै आएको थियो । सो समयदेखि नै उपभोक्ताहरु निकै उत्साहपूर्वक फोनको प्रतिक्षामा रहेका छन् ।ओपो एफनाइन स्टारीपर्पल अक्टोबरको पहिलो सातासार्वजनिकहुने घोषणा गर्न पाउँदाहामीनिकै खुशी तथा उत्साहित छौँ ।’
यो फोन ५ मिनेट चार्ज गर्दा २ घण्टासम्म चल्ने कम्पनीको दाबी रहेको छ।
६.३ ईञ्च वाटरड्रप स्क्रिन डिजाइन, ९०.८५ को उच्च स्क्रिन टू बडी रेसियो, ग्राडियण्ट कलर डिजाइन र ३५०० एमएएच ब्याट्री जडान गरिएको एफनाइन स्टारी पर्पलले उपभोक्ताको मन जित्ने कम्पनीको विश्वास रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij