काठमाडौं/उच्च अदालत विराटनगरले ३३ किलो सुन प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्द निरौलालाई साधारण तारेखमा छाड्न आदेश गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करलाई सघाएको आरोपमा अवकाशलगत्तै पक्राउ परेका निरौला पूर्पक्षका लागि थुनामा छन्।
बिहीबार उच्च अदालत विराटनगरमा न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले निरौलालाई साधारण तारेखमा राख्दै मुद्दाका पूर्पक्ष गर्न आदेश गरेको हो।
यही मुद्दामा थुनामा रहेका एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसी पनि अदालतको आदेशपछि तारेखमा रिहा भइसकेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij