२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ बैंक र हेल्पिङ्ग हेण्ड्स अस्पताल विच सम्झौता

सिद्धार्थ बैंक र हेल्पिङ्ग हेण्ड्स अस्पताल विच सम्झौता

1.2K
Shares

 

अर्थ नेपाल काठमाडौं /सिद्धार्थ बैंक र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल चाबहिलबीच सम्झौता भएको छ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स सुरेसराज महर्जन र अस्पतालका तर्फबाट अध्यक्ष डा. कृृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले स्वास्थ्य सेवामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्ने छन्।
ग्राहकले विभिन्न किसिमका सेवा सुविधा लिंदा ५० प्रतिशत सम्म छुट र यूएनओ क्रेडिट कार्ड प्रयोगकर्ताले थप २.५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ।
बैंकका देशभर १२६ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र १ हजार भन्दा बढी पिओएस मेसिन छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij