२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पोउवा संघद्धारा संस्थागत भेटि दिने व्यवस्थाको सुरुवात

पोउवा संघद्धारा संस्थागत भेटि दिने व्यवस्थाको सुरुवात

1.8K
Shares

पोखरा /पोखरा उद्योग वाणिज्य संघको ‘आफ्ना सदस्यको एकाघरका सदस्यको निधन भएमा सहयोगस्वरुप ५ हजार रुपैयाँ भेटि प्रदान गर्ने’ निर्णय कार्यान्वयनमा आएको छ ।
संघले आफ्ना साधारण सदस्य तेजनारायण किराना स्टोर्स, बैदामका संचालक कविराज पराजुलीकी माता कलावती पराजुलीको निधनप्रति शोक व्यक्त गर्दै भेटी बुधबार भेटिस्वरुप ५ हजार रुपैयाँ प्रदान गरेको हो ।
संघका अध्यक्ष दामु अधिकारी, उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति,उपमहासचिव चिनु गुरुङ तथा कार्यकारी निर्देशक टोपबहादुर थापासहित परिवारजनलाई समवेदना व्यक्त गर्न पुगेको प्रतिनिधीमण्डलले भेटि स्वरुप सो रकम प्रदान गरेको हो । सो अवसरमा संघका साधारण सदस्य कविराज पराजुलीसहित संघका शुभेच्छुक भेषराज पराजुली, अग्नीधर पराजुली र व्यापार पत्रिकाका पूर्व सम्पादक गंगाधर पराजुलीलाई अध्यक्ष दामु अधिकारीले समवेदना व्यक्त गर्नुभएको थियो ।
यसअघि संघले व्यवसायीको हक हितको लागि संघले स्थापना गरेको व्यवसायी भलाइ कोष प्रयोग हुने गरी संघका साधारण सदस्यको असामयिक निधन भएको खण्डमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भेटी बापत ५० हजार रुपैयाँ र सदस्य महानुभावका एकाघरका सदस्यहरुको निधन भएको अवस्थामा ५ हजार रुपैयाँ भेटी सहयोग प्रदान गर्ने निर्णय गरेको थियो । संघको यही असोज ५ गते भएको ३२ औँ महाधिवेशनले पारित गरेपछि सो निर्णय कार्यान्वयनमा आएको हो ।
संघको २०७४ साउन ३२ गतेको बैठकले सदस्यता शुल्कमा बृद्धि गर्दै साधारणतर्फका सदस्यहरुको वार्षिक सदस्यता शुल्क १ हजार ३ सय र व्यवसायी भलाई कोषको लागि थप २ सय शुल्कको व्यवस्था गरेको थियो । दैवी प्रकोप वा विपत्तिबाट पीडित सदस्यहरुलाई तत्काल राहत दिन सकियोस् भन्ने हेतुले स्थापित सो कोष आवश्यकता हेरी सदस्यहरुकै हितमा परिचालन गरिएको र सोही कोषमार्फत दैवी प्रकोपबाट पीडित दुई जना व्यवसायीलाई सहयोग गरिसकिएको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij