युवा व्यवसायी तथा पेजेन्ट निर्देशक पोखरेल सम्मानित

अर्थ नेपाल काठमाडौं/ युवा होटल व्यवसायी तथा पेजेन्ट निर्देशक बालकृष्ण पोखरेल “रिवन एक्सीलेन्स अवार्ड २०१८”  बाट सम्मानित भएका छन् ।
लामो समय देखि सौन्दर्य प्रतियोगिता मार्फत लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै रिवन इन्टरटेनमेन्ट प्रालिले पोखरेललाई सम्मान गरेको हो ।
सोमबार राजधानिको सांस्कृतिक संस्थान नाचघरमा भब्य रुपमा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०१८ को फाईनल कार्यक्रममा पुर्व उपप्रधानमन्त्रि टोपबहादुर रायमाझी र पेजेन्ट निर्देशक निशुकान्त झाले व्यवसायी तथा पेजेन्ट निर्देशक पोखरेललाई सम्मान गरेका थिए ।


पोखरेल स्टार वान इन्टरटेनमेन्ट प्रालिका पेजेन्ट निर्देशक हुन । सफल व्यवसायीको छबि बनाएका पोखरेल सौन्दर्य प्रतियोगिताहरुको आयोजक, निर्णायक, प्रशिक्षकको भुमिका निर्वाह गर्दै आएका छन् ।
उक्त कार्यक्रममा पेजेन्ट निर्देशक लबबहादुर कार्की र चलचित्र निर्देशक सुमन दाहाल पनि सम्मानित भएका थिए ।
मिसेस नेपाल इन्टरनेशनल २०१८ भब्य रुपमा सम्पन्न भएको छ । चौथो संस्करणमा सम्पन्न उक्त प्रतियोगिताको विजेता चन्दा थापा गिरी भएकी छिन् ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology