यदि तपाई कुनै नोकरीमा आवद्ध हुनुहुन्छ भने तपाईको काम गर्ने क्षमता दुई गुणाले वृद्धि भएर जान्छ जब तपाईको कार्यालय प्रमुखले तपाईसँग राम्रो व्यवहार गर्छ। क्वार्टर म्यागेजिनमा प्रकाशित एक अनुसन्धानले अमेरिकाका करिव ७५ प्रतिशत कामदारहरुको डिप्रेसनको मुख्य कारण उनीहरुको हाकिम भएको खुलासा भएको छ। हावर्ड विजनेश स्कुल र स्ट्यानफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको २ सय भन्दा बढी अध्ययनले कामका क्रममा लिइने तनावले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने र यो चुरोट भन्दा बढी हानिकारक हुने देखाएको हो। तनावको मुख्य कारण भने खराब प्रवृत्तिको हाकिम रहेको छ।
अनुसन्धानमा भनिएको छ की ‘खराब प्रवृत्तिको हाकिमले चुरोट भन्दा बढी हानी गर्छ, तपाई जती दवाव दिइराख्ने हाकिमसँग बसेर काम गर्नुहुन्छ त्यती तपाईको शारिरिक तथा मानसिक स्वास्थ्यमा नकरात्मक असर पर्छ।’ यस्तै केहि कर्मचारिहरु आफुले गर्दै आएको नोकरी जान्छ की भन्ने पिरले समेत तनावमा रहने गरेका अध्ययनले सार्वजनिक गरेको छ। अध्ययनले भनेको छ ‘तपाईको हाकिम राम्रो छ हरेक कुरामा सघाउँछ तपाईसँग सकारात्मक व्यवहार प्रदर्शन गर्छ भने तपाई हरेक काममा सफल बन्न सक्नुहुन्छ तर खराब छ भने तपाईको भविष्यनै खतरामा पर्न सक्छ।’
नराम्राे प्रवृत्तिको हाकिम सधै रिसालु र हिंस्रक हुने जसले सधै ‘मैले यस्तो गरेको त्यस्तो गरेको तिमीहरु यत्ति काम पनि गर्न नसक्ने’ भन्दै झर्कने ‘तिमीहरुसँग अहिले सम्म नोकरी छ आफुलाई भाग्यमानी ठान’ भन्ने तथा ‘एकछिन समेत म यहाँ भएन भने तिमीहरुले सम्पुर्ण कुरा विगार्छौ’ भन्दै कर्मचारीसँग झर्कने गरेका अनुसन्धानमा उल्लेख छ। एजेन्सी
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij