२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यामाहाको नयाँ शोरुम बाराको जितपुरमा

यामाहाको नयाँ शोरुम बाराको जितपुरमा

2.6K
Shares

अर्थ नेपाल काठमाडौं/एमएडब्लु इन्टरप्राइजेजले बाराको जितपुरमा नयाँ डिलर सुरु गरेको छ ।
एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्को) सुविधा सुरु गरेको कम्पनीले जनाएको छ ।
उक्त शोरुमको उद्घाटन जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले गरेका थिए।
आजम इन्टरप्राइजेजबाट ग्राहकले यामाहाका लमोटरसाइकल र स्कुटरहरुको ‘थ्रि एस’ सहित एक्सचेन्ज र फाइनेन्सको सुविधा पाउने कम्पनीको दावी छ।
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ। स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन्।
मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड–एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।
यामाहाले भर्खरै एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ। साथै, फेजर प्लेटफर्मको फेजर२५ले राइडरलाई आकर्षित गरिरहेको छ जनाइएको छ।
एमडब्लु इन्टरप्राइजेज नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता हो

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij