२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

असोज २१ गतेदेखि सर्वसाधारणले नयाँ नोट पाउने

असोज २१ गतेदेखि सर्वसाधारणले नयाँ नोट पाउने

1.2K
Shares

 

अर्थं नेपाल काठमाडौं/दसैँका लागि सर्वसाधारणले नयाँ नोट असोज २१ गतेदेखि साट्न पाउने भएका छन्।
प्रतिव्यक्ति दैनिक २७ हजार रुपैयाँसम्मको नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागलृे जनाएको छ । ५, १०, २०, ५०, १ सयका नयाँ नोट सटही हुनेछ।

बैंकहरुलाई भने राष्ट्र बैंकले आगामी बिहीबारदेखि नै नयाँ नोट उपलव्ध गराउने भएको छ।‘बैंकहरुले ११ गतेदेखि नयाँ नोट पाउँछन्, सर्वसाधारणलाई २१ गतेदेखि वितरण हुनेछ ।
सरकारी स्वामित्व भएका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका तोकिएका शाखाहरुबाट नोट सटही हुनेछ। साथै थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट पनि बैंकिङ समयमा नोट सटही गरिने उनले जानकारी दिए।
यस वर्ष करिब १३ अर्बको नयाँ नोट सटही हुने राष्ट्र बैंकको अनुमान छ। गत वर्ष १२ अर्बको सटही भएको थियो। गत वर्ष तीन बैंकहरुका शाखाबाट प्रतिव्यक्ति २० हजारसम्म साट्न पाउने व्यवस्था भएकोमा यो वर्ष २७ हजार पुर्याइएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij