अर्थ नेपाल काठमाडौं /मेरो माइक्रोफाइनान्स लिमिटेडले शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले असोज ९ गते बसेको संचालक समितिको बैठकबाट कम्पनीलाई यस वित्तिय सस्थाले लघुवित्त सेवालाई अझ सबल र समक्ष रुपमा विस्तार गर्न थप पुँजी वृद्धि गर्नु पर्ने भएकोले हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीको साधारण सभा मार्फत प्रस्ताव पारित गर्न पर्ने हुनाले आव २०७४र७५ को १५ प्रतिशत बोनस शेयर वितरण पश्चात हुन आउने जारी तथा चुक्ता पुँजी ३२ करोड ८९ लाखको १०० प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको छ ।
हकप्रद जारी गर्दा आउने भिन्न अंकलाई माथिल्लो पुर्ण अंकमा आवेदन दिन पाउने गरी जारी गर्ने र यसरी जारी गर्दा चुक्ता पुँजी वृद्धि हुने भएमा आगामी वार्षिक साधारणसभाबाट सो अनुमोदन गराउने गरी नेपाल धितोपत्र बोर्डमा थप धितोपत्र दर्ता गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गराउन छैटौं वार्षिक साधारण सभा समक्ष विशेष प्रस्ताव पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij