२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

अर्थमन्त्री खतिवडा भने – ‘लगानीमैत्री कानूनहरु दुई महिनाभित्र बनिसक्छन्’

अर्थमन्त्री खतिवडा भने – ‘लगानीमैत्री कानूनहरु दुई महिनाभित्र बनिसक्छन्’

2K
Shares

अर्थ नेपाल बुटवल /अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको बताएका छन् ।
आज रुपन्देहीमा बुटवल उद्योग वाणिज्य संघको ६५ औं साधारणसभाको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन ।
साथै उनले लगानीमैत्री वातावरण बनाउन आवश्यक कानूनहरु २ महिनाभित्र संशोधन भइसक्ने बताए ।
अर्थमन्त्री डा. खतिवडाले भने ‘अब के गर्नुपर्‍यो लगानीमैत्री वातावरणको लागि ? स्थिर सरकार छ, हामी निर्णय प्रक्रिया छिटो गर्ने तयारीमा छौं ।’
उनले लगानीलाई एकद्वार प्रणालीबाट अघि बढाउने, कम्पनी कानून, औद्योगिक व्यवसाय, विदेशी लगानी प्रवर्द्धन, विदेशी विनिमय, बैंकिङसँग सम्बन्धित कानूनहरु संशोधन भएर लगानीमैत्री वातावरणमा जाने बताए
उनले संघ, प्रदेश र स्थानीय तह तीनवटै तहको सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij