२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमईको ‘दसैँमा बीस लाख’ योजना

आइएमईको ‘दसैँमा बीस लाख’ योजना

3.2K
Shares

 

अर्थ नेपाल काठमाडौं / दसैँ, तिहार र छठलाई लक्षित गर्दै रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले प्रवद्र्धनात्मक कार्यक्रम ‘दसैँमा बीस लाख’ योजना ल्याएको छ।
योजना अवधिभर ट्रान्जेक्सन गर्नेलाई आइएमईको सफ्टवेयर पद्वतिमा आवद्ध गराई ‘लक्की ड्र’ बाट विजेताहरु छनौट हुने कम्पनीले जनाएको छ।
आइएमईका अनुसार छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशालीले ‘आइएमई पे’ मार्फत १ हजार रुपैयाँको बिल भुक्तानी, हरेक हप्ता १ जनालाई १० हजार रुपयाँ नगद, हरेक महिना १ जनालाई १ लाख नगद तथा बम्परमा १ जनालाई
२० लाख प्रदान गरिनेछ।
यो योजना असोज ७ गतेदेखि सुरु भई मंसिर मसान्तसम्म लागू हुने छ । भने यस समयमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने आइएमईले जनाएको छ।
‘लक्की ड्र’ बाट छानिएका विजेताको सफारिस बमोजिम आफन्तलाई पुरस्कार प्रदान हुने बताइएको छ।
सेवा लिनेले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ। आइएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij