२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिन्द्रा टु ह्विलर स्क्र्याच गरेर कुपनको मूल्यमा पाइने

महिन्द्रा टु ह्विलर स्क्र्याच गरेर कुपनको मूल्यमा पाइने

1.8K
Shares

काठमाडौं /महिन्द्रा टु ह्वीलरको आधिकारिक विक्रेता अग्निमोटो इन्कले दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै “मूल्य कति स्क्र्याच गरी आउँछ जति” भन्ने योजना ल्याएको छ।

यस योजना अन्तर्गत हरेक महिन्द्रा टु ह्वीलरका खरिदकर्ताहरुले स्क्र्याच कुपन प्राप्त गर्नेछन्। उक्त स्क्र्याच कुपनमा भएको रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सक्नेछन्।

नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको यस योजना अन्तर्गत न्यूनतम २०७५ रुपैयाँमै टु ह्वीलर पाइने अग्नि मोटोइन्कले जनाएको छ।

हाल महिन्द्राको Gusto RS, Gusto 110, Gusto125 , Rodeo UZO 125, Centuro र Rockstar बाइक था स्कुटर नेपाली बजारमा उपलब्ध छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij