२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अनुसन्धान गर्ने प्रहरीको पोलिग्राफ टेस्ट हुँदै

अनुसन्धान गर्ने प्रहरीको पोलिग्राफ टेस्ट हुँदै

1.5K
Shares

अर्थ नेपाल काठमाडौं -कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार–हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीको पोलिग्राफ (झुट बोलेको पत्ता लगाउने प्रविधि) परिक्षण गरिएको छ।

डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीको पोलिग्राफ परीक्षण गरेको हो।

स्रोतका अुनसार समितिले निर्मला हत्याको घटनास्थलमा खटिएर अनुसन्धान गर्ने तथा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको पोलिग्राफ परीक्षण गर्ने काम भइरहेको छ।

‘फिल्डमा खटिएका प्रहरीको परीक्षण सकिएको छ, तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलगायतको पनि पोलिग्राफ परीक्षण हुँदैछ,’ स्रोतलेअर्थ नेपालसँग भन्यो।

घटनाको अनुसन्धानमा खटिएका प्रहरीबारे अन्य अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता एसएसपी शैलस थापा क्षेत्रीले जानकारी दिए।
सुरूमा यो घटनाको अनुसन्धान गर्न एसएसपी उत्तम सुवेदीको नेतृत्वमा ५ सदस्यीय समिति बनेको थियो।

प्रहरीले मुख्य अभियु भनी दाबी गरेका दिलिपसिंह बिष्टको डिएनए रिपोर्टपछि प्रहरी प्रधान कार्यालयले समितिको आकार ठूलो बनाएर एआइजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij