२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बजाज एक्सचेन्जमा नवराजले १ लाख र अजयले ५० हजार जिते

बजाज एक्सचेन्जमा नवराजले १ लाख र अजयले ५० हजार जिते

1.7K
Shares

काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी बजाज एक्सचेन्ज मेलामा आज स्क्र्याच कुपनमार्फत नवराज महर्जनले १ लाख र अजय थापाले ५० हजार नगद जितेका छन् ।

बजाज एक्सचेन्जमा पुरानो बाइकसँग नयाँ पल्सर १५० डबल डिस्क किन्दा उनीहरुले सो पुरस्कार पाएका हुन् । नवराज भक्तपुरको ठिमीका र अजय काठमाडौंको तारकेश्वरका वासिन्दा हुन् ।

उनिहरुले ठिमीको डिलर नमस्ते अटो र गोन्गबुको डिलर बर्दर्स अटोबाट बाइक साटेका थिए ।

आज एक कार्यक्रमका बीच बजाजको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीका जनरल म्यानेजर योगेन गुरुङले सो नगद हस्तान्तरण गरे ।

असोज ३ देखि प्रारम्भ भएको मेला आगामी असोज ७ गते सम्म चल्ने कम्पनीको भनाइ छ ।

सो एक्सचेन्जमा जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ बजाज बाइक साट्न सकिने छ । यसका लागि एकै छाना मुनि नेपालकै सबैभन्दा ठूला एक्सचेन्ज कम्पनीहरु सहभागी भएको कम्पनीको भनाइ छ ।

पुरानो मोटरसाइकलको सर्वोत्कृष्ट मूल्यांकन गरी न्यूनतम ब्याजदरमा अन द स्पट फाइनान्स सुविधा समेत उपलब्ध गराइने छ ।

त्यसैगरी प्रत्येक खरिदमा आकर्षक उपहारको समेत व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

बजाजले यस वर्षको चाडपर्वलाई लक्ष्यित गरी पाकेट फुल नामक उपहार योजना ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij