२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुन्डाईको चाडपर्वलाई लक्षित गर्दै फेस्टिभ डिलाइट योजना

हुन्डाईको चाडपर्वलाई लक्षित गर्दै फेस्टिभ डिलाइट योजना

2.1K
Shares

 

काठमाडौं/हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दसैं, तिहार र छठलाई लक्षित गरेर ‘हुन्डाई फेस्टिभ डिलाइट’ योजना ल्याएको छ ।
भाद्र २१ देखि प्रारम्भ भएको सो योजना आगामी कात्तिक २७ गते सम्म चल्ने कम्पनिले जनाएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट र १ वर्ष निःशुल्क बिमा सुविधा पाउने छन् । साथै स्क्र्याच कार्ड मार्फत थप १ लाख रुपैयाँ सम्मको नगद छुट, लक्की ड्रमार्फत एक सय जनालाई १०–१० ग्राम सुन प्राप्त हुनेछ । बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत हुन्डाई आई २० एक्टिभ एक थान र हुन्डाई क्रेटा गाडी एक थान जित्न सक्नेछन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भरी १३ सोरुम तथा १५ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
सबै हुन्डाईका गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानी सहित उपलब्ध हुने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij