२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

‘नाडा अटो शो २०१८’ भाद्र २६ बाट

‘नाडा अटो शो २०१८’ भाद्र २६ बाट

1.3K
Shares

मनोज थापा अर्थ नेपाल काठमाडौं / भाद्र २६ गते देखि ३१ गते सम्म १३औं नाडा अटो शो २०१८ यही काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी कक्षमा आयोजन हुने भएको छ ।
आम सर्व साधारणलाई सवारी साधनको महत्व र उपयोगिताबारे व्यापक जानकारी गराउने साथै सुरक्षित ड्राइविङ्ग, ट्राफिक नियमको पालना एवं सडक सुरक्षा सम्बन्धी व्यापक जन चेतनाको अविवृद्धि गर्ने नाडाले बताएको छ ।
४ पाङग्रे, २ पाङग्रे र अटो कम्पोनेन्ट्सको अत्याधिक मागलाई ध्यानमा राखी, यस वर्ष तीनवटा ह्याङ्गरहरू राखिएका छन् । ६ दिन सम्म चल्ने नाडा अटो शो २०७५ मा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारी साधनहरू रहनेछन् ।
यसै गरी पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ भने साना ठूला गरि १३४ वटा ब्लक तथा स्टलहरू रहने छन् । प्रदर्शनीमा प्रख्यात ब्राण्डका सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरू लगायत नेपालमै उत्पादित् सामग्रीहरू समेत रहने छन् ।
सर्भोद्वारा प्रायोजित नाडा अटो शो २०१८ मा अवलोकनकर्ताहरूको सुविधालाई ध्यानमा राखी प्रदर्शनी क्षेत्रमा २ पाङग्रे, ४ पाङग्रे तथा अटो कम्पोनेन्टहरू छुट्टा–छुट्टै ठाँउमा प्रदर्शनीका लागि राख्ने नाडाले बताएको छ । साथै सहभागी व्यवसायीहरूले आफ्ना विभिन्न ब्राण्डका सवारी साधन, पार्टपूर्जा तथा अन्य सेवाहरू ग्राहक समक्ष प्रत्यक्ष पुर्याउने छ ।
नाडा अटो शो २०१८ एउटा किनमेलको थलो मात्र नभई सुचनाको आदान प्रदान, बजार विश्लेषण तथा समग्र नेपाली अटोमोवाइल व्यवसायको समस्टिगत विकासलाई प्रस्तुत गर्ने विश्वसनिय मंच समेत बन्ने आयोजकहरूको विश्वास रहेको छ ।
यस वर्ष प्रवेश टिकटमा प्रत्येक दिन गोला प्रथाद्वारा भाग्यशाली विजेताले कुलप्याड मेगा २.५ डी प्राप्त गर्न सक्नेछन् । ६ दिने मेला अवधिमा लगभग ६० हजारले अवलोकन गर्ने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij